|
गजल ? रमेश पौडेल
जुट्ने भन्दा आज फुट्ने कुरा छ जताततै सबैतिर लुट्ने कुरा छ
जेठो भन्छ उँधो जाऊँ कान्छो उँभो जाऊँ एकै दाजुभाइ आज छुट्ने कुरा छ
काले भन्छ मलाई अलिकति देऊ मागेको चैँ नपाएमा कुट्ने कुरा छ
व्यर्थै झगडा छ कुकुर, विरालाको यस्तै भए घरमालीले भुट्ने कुरा छ
दूध चोरी खान पल्के ढाडेहरू पो साँच्चै अब 'रमेश'ले चुट्ने कुरा छ। ³³³
|
![]() |
२०३७ माघ २८मा हात्तीखर्क – ९ सल्ले धनकुटामा जन्मिनुभएका श्री रमेश पौडेल नेपाल गजल प्रतिष्ठानसँग आबद्ध हुनुहुन्छ। गजल लेखनमा विशेष अभिरुची राख्ने श्री पौडेल महेन्द्र बहुमुखी क्याम्पसमा एम.ए. दोस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ। |