|
दौलत ? आर.आर. चौलागाईँ
उसकी स्वास्नी र उसको झगडा भयो। अनि स्वास्नी माइत गएर बस्न थाली। बाबुआमा पनि दाजुभाइकहाँ गए। उसकहाँ दिदीबहिनी, दाजुभाइ, आफन्त, साथीभाइ, छिमेकी कोही आएनन्। कहीँ भेट भइहाल्यो भने पनि ऊसँग कोही बोल्दैनथिए। एकचोटि फर्केर सम्म हेर्दैनथे। अर्थात् ऊ टाट पल्टेको थियो हिजो।
उसकी स्वास्नी पनि माइतबाट आई। बाबुआमा पनि आए। दिदीबहिनी, दाजुभाइ, आफन्त, साथीभाइ र छिमेकीहरू पनि ग्वारग्वारती आउँछन्। कोहीसँग भेट भयो उसले बोलाउनै पर्दैन। उनीहरू नै बोलाउँछन्। अर्थात् ऊ मालामाल छ आज।
|
![]() |
आर.आर.चौलागाईँ हेटौँडा – 4, मकवानपुर। सम्पर्कः rrchaulagain@yahoo.com |