गजल

 

                                  ? सूर्यकुमार चेम्जोङ

 

गाँस खोज्नुपर्छ सास खोज्नु पर्छ

आफ्नै घरभित्र बास खोज्नु पर्छ

 

श्रम रोपेँ फुलाएँ ऊ भो धनी, मैले

खडेरीमा मधुमास खोज्नु पर्छ

 

मेरो ढुङ्गो-माटो मेरो आकाश हो

हैन भन्छौ इतिहास खोज्नु पर्छ

 

कता झरे मेरा आदिवासी फूल

मैले ऐले यही खास खोज्नु पर्छ

 

यहीँ गुम्यो मेरो देश अब मैले

एक एक धरती आकाश खोज्नु पर्छ।

 

³³³


गजल लेखनमा विशेष रूची राख्‍ने श्री सूर्यकुमार चेम्जोङ, बक्लौरी ८ सुनसरीका वासिन्दा हुनुहुन्छ र पेसाले विद्यार्थी उहाँ नेपाल गजल प्रतिष्ठानसँग आबद्ध हुनुहुन्छ।