|
चिनियाँ कवि साङ हेङचाङका दुई कविताहरू
मध्य-शरद दिवसको जून
मेरी आमा मरेदेखि मैले यसलाई हेरेकै छैन मलाई डरलाग्छ मेरा आँखाबाट खसेका अश्रु-बिन्दुहरूले कतै संसारै नडुबाउन्।
³
चिठी
तिम्रो चिठी गौँथलीझैँ फुर्र उडेर तिम्रो न्यानो घरबाट यहाँ आयो र मेरो हृदयको उचाईमा काव्यका कोमल मन्त्रहरूले गुँड बनायो।
म त्यसभित्र सुतेँ मेरा सबै रापहरू बिसर्जित गरेँ र केही चाहनाहरू कोरलेँ जसलाई पेटभरी खुवाउने मसँग मनग्गे चारो छैन उनीहरू चारो भिक्षा मागिरहेछन् र तिनीहरूका आँखाहरूबाट देदीप्यमान आँसुहरू छचल्किन तमतयार छन्।
³ Chinese Literature, Summer 1995 बाट अनुवाद गरिएको। अनुवादकः कुमुद अधिकारी |