गजल

?   राजु दुलाल

 

तिमीसँगै बाँचिदिने जिन्दगीको सार भयो

कसले भन्छ ? पल्लवी यो वसन्तको हार भयो

 

कमाउन अरू लागे कसले केके साँचे होला

साँच्नु मैले कमाउनु त्यही तिम्रो प्यार भयो

 

ईश्वरका अघि उभिन कसको कति शक्ति होला

जसले जेजे भने पनि दुई आँखा चार भयो

 

कसले केके कति जाने समयले बताउला

हँसाउने विश्व तिम्रो मान्छे कलाकार भयो

 

जीत हो या पराजय निर्धनी नै भएँ म त

कटाउने सत्यतामा माया मझधार भयो।

 

³³³


वि.सं. २०३९/९/२१ मा दानाबारी-४ इलाममा जन्मनु भएका श्री राजु दुलाल साद्य सुरक्षा तथा विकास केन्द्र, सुक्ष्मजीवशास्त्र समूह(www.hsam.co.nr) र साहित्यिक रूपमा नेपाल गजल प्रतिष्ठानसँग आबद्ध हुनुहुन्छ। उहाँको विशेष रुची गजल लेखनमा छ। सम्पर्कः pallav_basantaka@yahoo.com