|
हाइकु ? कुमार धमला
१ कालो गुलाब नयनभरी आँसु बन्यो गजल। २ थाहै नपाई मुटु टुक्र्याइदियौ फूलको थुँगाले। ३ जिन्दगी एक रहस्यमयी गीत गाउन बाँकी। ४ मान्छे बौलायो पशुहरू ब्यूँझिए मानिस बन्न। ५ बैँशको फूल हतारमा फुल्दछ ओइलाउन।
³³³ |
|
|
पाँचकन्या – २ मा २०३७ जेठमा जन्मिनु भएका श्री कुमार धमला पेसाले शिक्षक हुनुहुन्छ। हाइकु लेखनमा उहाँको विशेष रुची छ। |