समानान्तर उज्यालो

              ? गीता थपलिया त्रिपाठी

 

नडराऊ 

रातपरे पनि

बिहानको आशा रित्तिएको छैन

 

तिम्रो अँध्यारोलाई बचाउँदा बचाउँदा

मेरै अनुहारमा ठोक्किएर

कैयन उज्याला युगहरू फर्किए

देखेका छौ ?

यो अनुहारभरि

तिनै युगको पीडा छ

 

समानान्तर उज्यालो बोकेका

ती युगहरू

कहिल्यै बन्द नहुने

खापा रहेछन्

 

तिम्रो चोर झ्यालबाट

अलिकति चियाएर हेर त !

त्यो उज्यालो

अहिले

तिम्रै ढोका ढकढक्याइरहेछ।।

 

³³³

 

 

काभ्रेपलाञ्चोक जिल्ला, बरबन्दी खरेलथोक १ मा जन्मनु भएकी श्रीमती गीता थपलिया त्रिपाठीका चार सिर्जनाहरू छन्- १. थुँगाःवनफूलका(गीतसङ्ग्रह) २. एक्लै...एक्लै (गीति एल्बम) ३. सारांश (गीतिएल्बम) ४. दुई हरफ ओठहरू (गीतसङ्ग्रह)। उहाँका विभिन्न राष्ट्रियस्तरका पत्रपत्रिकाहरूमा प्रशस्त फुटकर रचनाहरू प्रकाशित भएका छन्। उहाँ पद्मकन्या स्वर्ण पदक सहित विभिन्न सात पुरस्कार र सम्मानहरूले सम्मानित हुनुहुन्छ।

सम्पर्कः easywear@wlink.com.np