|
गजल ? जीवी गजल
जिन्दगी चकनाचुर देखेँ डराएँ रिसाइ रहेको नूर देखेँ डराएँ
निदाएँछु सुनौलो कल्पना गरेर सपनै सबै बेसुर देखेँ डराएँ
रोकिए कदमहरू यात्रा टुङ्गियो गन्तव्य धेरै दूर देखेँ डराएँ
पराइको रै'छ फूल टिप्न खोजेँ लौ आफ्नो नै ठूलो कसुर देखेँ डराएँ
नयाँ नाता जोड्न आएँ कम्मर कसी निधारमाथि सिन्दूर देखेँ डराएँ।
³³³
|
![]() |
नेपाल गजल प्रतिष्ठानसँग आबद्ध श्री जीवी गजल, मोरङ, सिंहदेवी – ४ फाईबामा बसोबास गर्नुहुन्छ। गजल लेखनमा विशेष रूची लिनुहुने श्री गजल पेसाले विद्यार्थी हुनुहुन्छ। |