पोस्टमास्टर

? रवीन्द्रनाथ ठाकुर

 

जागिरको पहिलो हाजिरी दिन नै पोस्टमास्टरलाई इलापुर गाउँमा आउनुपर्यो यो गाउँ साह्रै सामान्य थियो छेउमै एउटा नीलो कोठी थियो सोही कोठीका साहेबले धेरै प्रयासपछि नयाँ हुलाक (पोस्ट-अफिस) स्थापना गराएका थिए

हाम्रा पोस्टमास्टर कोलकाताका ठिटा थिए पानीको माछालाई डाँडामा फ्याँकिदिँदा जस्तो हालत हुन्छ, यो घना बस्तीमा आउँदा पोस्टमास्टरलाई पनि त्यस्तै भएको थियो एउटा अँध्यारो कटेरामा उनको अफिस थियो, छेवैमा जलकुम्भीले भरिएको पोखरी थियो पोखरीको वरिपरि जङ्गल थियो कोठीका कर-असुल्ने जति कर्मचारीहरू थिए उनीहरूको एक फुर्सत पनि हुँदैनथ्यो उनीहरूको यी भलाद्मीसँगको मेलमिलाप पनि उपयुक्त थिएन

त्यैमाथि कोलकाताका केटाहरू राम्ररी घुलमिल हुन जान्दैनन् नौलो ठाउँमा गए भने कि रुखा हुन्छन्, नभए अलमलिइरहन्छन् त्यसैले स्थानीय मानिसहरूको कोलकत्तेसँग हत्तपत्त मेलमिलाप नै हुँदैन त्यसैले पोस्टमास्टरको पनि खासै काम  छैन कहिलेकाहीँ एकदुईवटा कविता लेख्‍ने प्रयास गर्छन् कवितामा यस्ता भाव व्यक्त गर्छन् - दिनभरि रुखका पालुवाका कम्पनहरू बादल हेरेर जीवन सुखसँग बिताउन सकिन्छ - तर प्रभुलाई थाहा , यदि अरबी उपन्यासको कुनै दैत्य आएर एक रातमै सबै रूखहरू काटेर त्यहाँ पक्की बाटो बनाइदियो लहरका लहर अट्टालिकाहरूले आकाशका बादलहरूलाई दृष्टिपथबाट छेकिदियो भने मात्रै यी अधमरा भद्र मान्छेले पुनः नवजीवन प्राप्त गर्ने थिए

पोस्टमास्टरको वेतन अति सामान्य थियो आफैँ पकाएर खानुपर्ने बाध्यता गाउँकी एउटी पितामाताविहीन अनाथ बालिकाले उनको काम सघाएवापत साँझबिहान अलिकति खान पाउँथिन् बालिकाको नाम थियो 'रतन' उमेर त्यस्तै बाह्र-तेह्र को विवाहको खासै सम्भावना थिएन।

जब साँझमा गाउँका गाईगोठहरूबाट धुवाँ लठारिँदै उँभो उड्थ्यो, झाडीझाडीमा फट्याङ्ग्राहरू कराउन थाल्थे गाउँमा टाढाबाट नशाखोर बहुलाहरूको दल खैँजडी बजाउँदै उच्च स्वरमा गाउँदै हिँड्न थाल्थे जब अँध्यारो सिकुवामा बसेर वृक्षका पातहरूको तरङ्ग देख्दा कविहृदयमा अलिअलि कम्पन पैदा हुन्थ्यो तब कोठाका कुनामा पातलो बाती भएको दियो सल्काएर पोस्टमास्टर बोलाउँथे - 'रतन' ! रतन यही बोलावटको प्रतीक्षामा ढोका छेउमा हुन्थी तर एउटै बोलावटमा जान्नथी, भन्थी- 'के भयो बाबू, किन बोलाएको ?'

पोस्टमास्टर- 'तँ के गर्दै छेस् ?'

रतन - 'अब चुलो सल्काउन जानु भान्सामा।'

पोस्टमास्टर- 'तेरो भान्साको काम भरे गर्नू, एकपल्ट मलाई तमाखु मिलाइदे '

तुरुन्तै गाला फुलाउँदै हुक्काको बटुकी फुक्दै रतन प्रवेश गर्थी कोठामा रतनका हातबाट बटुकी लिएर सोधिहाल्थे पोस्टमास्टर- 'भन् रतन ! आमा सम्झन्छेस् ?' यस्ता कुराहरू धेरै छन् कतिपय सम्झनामा छन् कतिपय छैनन् रतनलाई उसलाई आमाले भन्दा धेरै बाबुले माया गर्थे बाबुलाई अलिअलि सम्झन्छे दिनभरि परिश्रम गरेर बाबु बेलुका घर फर्किन्थे तिनै बेलुकीहरूमध्येबाट एकदुईवटा बेलुकीहरू रतनका मानसपटमा स्पष्ट चित्रजस्तै अङ्‌कित छन् यस्ता कुराहरू गर्दागर्दै रतन पोस्टमास्टरका गोडानजिकै भुइँमा बस्थी फेरि विगत सम्झन्थी- उसको एउटा भाइ थियो धेरै पहिले वर्षको एक दिन थियो भाँच्चिएको रूखको हाँगालाई माछा मार्ने डन्डी बनाएर ख्यालख्यालमा माछा मार्ने खेल खेलेका थिए, एउटा पोखरीका किनारमा अरू महत्त्वपूर्ण घटनाहरूभन्दा पनि बढी उसलाई यही घटना याद आउँथ्यो यस्तै खालका कुरामा कोही बेला धेरै राती हुन्थ्यो अल्छी लागेर पोस्टमास्टरलाई खाना बनाउन जाँगर चल्दैनथ्यो बिहानको केही खानेकुरा बासी रहन्थ्यो त्यसमाथि रतनले फटाफट आगो सल्काएर एकैछिनमा दुईचारवटा रोटी सेकेर ल्याउँथी, त्यतिमै बेलुकाको खाना टर्थ्यो

प्रत्येक दिन बेलुका त्यो ठूलो कटेराको कुनामा अफिसको काठको कुर्सी बसेर पोस्टमास्टर पनि आफ्ना भाइ, आमा दिदीको कुरा सोच्दथे प्रवासमा एक्लै बसेर जसका लागि हृदय व्यथित हुन्छ तिनीहरूलाई सम्झन्थे यी सब कुरा सधैँ मनमा आइरहन्छन् तर कुनै हालतमा पनि नीलो कोठीका कर्मचारीलाई भन्ने कुरा भएन त्यसैले एउटी सानी अशिक्षिता बालिकालाई सुनाउँदै जान्थे उसलाई सुनाउँदा केही नराम्रो वा अस्वाभाविक लाग्दैनथ्यो अन्त्यमा यस्तो पनि भयो कि आफ्ना घरका मान्छेलाई पनि बालिकाले दाजु वा दिदी भनेर चिरपरिचितजस्तै उल्लेख गर्न थाली यतिमात्र हो ! बालिकाले आफ्नो सानो हृदयमा उनीहरूको काल्पनिक रूपरेखा पनि खिचिसकेकी थिई

एक दिन वर्षाकालको आकाश बादलविहीन थियो न्यानो सुकोमल बतास चलिरहेको थियो   सूर्यका किरणले भिजेका घाँस पातहरूबाट एकप्रकारको मीठो सुगन्ध उठिरहेको थियो मनमा लाग्थ्यो- मानौँ क्लान्त धरणीको उष्ण निःश्वास आएर जीउमा स्पर्श गर्दै एवम् कहीँकतैको हठी पक्षी उसको एउटा एकलकाँटे, अत्यन्त करुण स्वरमा दिनभरि प्रकृतिको दरबारमा नालिस गर्दै पोस्टमास्टरको केही काम थिएन त्यस दिनको वर्षाले पखालिएका सपाट चिल्ला पालुवाहरूको तरङ्ग अनि पराजित वर्षाको भग्नावशेषका रूपमा सूर्यका किरणहरूले उज्यालिएका बादलका तहहरू वास्तवमै हेर्न लायकका थिए पोस्टमास्टर यी सबै