|
गजल १ ? जे.बी. परदेशी
आँधी हुरी बतासमा छु दुःख, पीडा, हतासमा छु
धागोविहीन चङ्गासरि
लक्ष्यविना आकाशमा छु आज आफ्नै तलासमा छु
घोडाको पदचापले कुल्चिएको मधुमासमा छु
आँसुको रङले पोतिएको जिन्दगीको क्यानभासमा छु
गजल २ सजाए फूलको थुँगा हो जिन्दगी बिछ्याए कोसेढुङ्गा हो जिन्दगी
डुबाए डुब्छ, बगाए बग्छ यो तैराए आफैँ डुङ्गा हो जिन्दगी
थुने पिँजडा संसार यसको उडाए आफैँ चङ्गा हो जिन्दगी
पवित्र जल मन्दिरमा यो चढाए हुने गङ्गा हो जिन्दगी।
³³³
|
|
|
२०४१ मङ्सिर १३ मा आहाले– ६, धनकुटामा जन्मनुभएका श्री जे.बी. परदेशी साहित्यमा गहिरो रुचि राख्नुहुन्छ। गजलमा विशेष सम्भावना देखाउनुभएका परदेशीको हालको बसोवास इटहरीमा छ। |