|
गजल ? एकु घिमिरे नेपाल भयो ढोकाजस्तो, हावा लागे बन्द हुन्छ नेता भए बोकाजस्तो यिनले बोले दुर्गन्ध हुन्छ।
यता समस्या, उता समस्या, खात लाग्यो समस्याको, समस्यालाई पोकाजस्तो लुकाउने प्रबन्ध हुन्छ।
पञ्चायतका टाउकेहरू अझै पनि टाउके नै छन्, फेर्न पाए डोकास्तो अनि मात्र आनन्द हुन्छ।
³³³ |
|
|
इलाममा जन्मनुभएका
श्री एकु घिमिरे
पेसाले शिक्षक हुनुहुन्छ। साहित्य सृजनामा सक्रिय श्री घिमिरे गजल
विधामा विशेष चासो राख्नुहुन्छ र नेपाल गजल प्रतिष्ठानसँग आबद्ध
हुनुहुन्छ। उहाँ
सप्तकोशी एफ.एम. इटहरीबाट
प्रशारण हुने साप्ताहिक साहित्यिक कार्यक्रम 'सम्प्रेषण'
का निर्माता र प्रस्तोता हुनुहुन्छ। सम्पर्कः eakughimire@yahoo.com |