|
उपहार ? विपुल लुइँटेल
एउटा अर्को सामान्य दिन असामान्य उमङ्गमा उदाइदिन्छ चराको चिरबिर मीठो आज हावाको सुसेली मीठो आज।
तिम्रो अनुपस्थितिको प्रेमदिवस बिहानै घाम बनेर कानसम्म आइपुग्दा नभेटिएकै सामीप्य पनि पुनः हराएझैँ अनुभव यो। हृदयमा कुँदिएकी तिमी मनमा सजिएकी तिमी हत्केलाका धर्काहरूमा कोरिएर कतै लुकेकी भए, सपनाहरू कुनैदिन बदलिदिन्छन् यथार्थमा।
मायाको नजरमात्र पाए तिम्रो नजरमात्र पाए तिम्रो साथको पर्खाइमा यो दिन के समय हो, जुन नै पनि निमेषमात्र। विश्वास रहे मायामा हरबिहान प्रेमदिवस होइन र?
एउटा अर्को सुन्दर दिन मायाको उपहार तिमीलाई !! |
|
|
वि.सं २०३८ मा सुनसरीमा जन्मिनु भएका श्री विपुल लुइँटेल हाल अमेरिकामा कम्प्युटर इन्जिनियरिङमा स्नातकोत्तर गर्दैहुनुहुन्छ। गजल र कवितामा विशेष रुचि राख्नुहुने श्री लुइँटेलका फुटकर रचनाहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भएका छन्। |