विदा

? अमृता प्रीतम

 

आज धरतीबाट को विदा भयो

कि आकाशले हातहरू फिँजाएर

धरतीलाई अँगालो हाल्यो

त्रिपुराले हरियो तन्ना कफनमा हालिन्

अनि बिहानीको लालिमाले

आँखाको पानी पुछेर

धरतीको काँधमा हात राखेर

भनिन्-

अलिकति महक विदा भएको छ

तर हृदयमा नराख है,

किनकि आकाशले तिम्रो महकलाई

छातीमा सम्हालेर राखेको छ.................

 

³³³

हिन्दीबाट अनुवादः कुमुद अधिकारी

 

सन् १९१९ मा गुजरांवाला पन्जाव(भारत)मा जन्मनु भएकी कवयित्री अमृता प्रीतमका पचासभन्दा बढी पुस्तकहरूमा धेरैजसो उपन्यास छन् भने अरू विधाका पुस्तकहरूमा संस्मरण, कवितासङ्ग्रह, कथासङ्ग्रह र आत्मकथा रहेका छन्। उहाँले धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारहरू पाउनुभएको छ। उहाँको निधन ३१ अक्टोबर २००५ मा भएको हो।