गजल

                ? उपेन्द्रबहादुर 'जिगर'

दिल फगत मैले चढाएँ थे नजर होला भनी

यो दरदले त्यो दरदमा क्यै असर होला भनी।

 

निर्दयी झैँ झन हृदय टुकडा गर्‍यौ तरवारले

थाहा थिएन दर्दले तडपी हृदय रोला भनी।

 

एक मछु कि जुल्म सब हाँसी हाँसी सही रहेछु

एक तिमी छौ कि दया गरछौ दगा होला भनी।

 

एक मछु कि नजरको आँसु पनी साँची रहेछु

एक तिमी माया बगाउने बिरहको खोला बनी।

 

आँसु तक हुन्न निघा हेर मेरो दुर्भाग्य यो

आँसुको जलले 'जिगर'को विरह कै धोला भनी।

 

फूलको काँढा पनि भमराको निम्ति चीज छ

छैन दृष्टि यो नजरमा विरहले छोला भनी।

ллл

शारदा गजल अङ्क (पूर्णाङ्क १२) बाट साभार