|
अनुवाद : एक सेतु
महेन्द्र भटनागर
अनुवाद भाषान्तरमात्रै होइन यो सेतु हो!
एउटा मनलाई अर्कोसँग जोड्ने! आपसको टाढापन मेटाउने!
विश्वमानवको शिथिल सम्बन्धसूत्रलाई बाँड्ने र कसेर बाँध्ने ! आत्महितमा दृढ़, अटूट र प्रगाढ़ मैत्री साँध्ने !
अनुवाद — साधन हो देशान्तर रहनेहरूका बीच निर्मित अतल गहिराइसम्म डुबुल्की मार्ने निशङ्क दुविधारहित मिलेर बस्ने!
लाखौँ करोडौँ मान्छेबीच सहसंवाद हो अनुवाद । अनजान मानवलोकमा भिन्न र बाहिर व्याप्त गहिरो अँध्यारोलाई चम्किलो उज्यालोमा सफल रूपान्तर ! होइन केवल भाषान्तर। माध्यम हो — अपरिचितलाई गहन आत्मीयतामा बदल्ने — हर सङ्कीर्णतबाट मुक्त भई बाहिर निस्कने। सभ्यता संस्कार हो अनुवाद!
भाषिक चेतनाको एक सशक्त प्रतीक हो, सम्प्रेषण विधाको एक माध्यम हो!
अनुवाद — मानवविवेक प्रतिष्ठ सार्थक केतु हो।
अनुवाद केवल भाषान्तर होइन यो त सेतु हो! ««« अनुवादक : गायत्री भट्टराई
|
![]() |
२६ जुन १९२६ मा झाँसीमा जन्मिनुभएका डा. महेन्द्र भटनागर अवकाश प्राप्त प्राप्त प्राध्यापक हुनुहुन्छ। उहाँका तीसभन्दा बढी काव्यकृतिहरू छन् भने नौवटा समालोचना प्रकाशित छन्। यी देखि बाहेक उहाँका एकाङ्की, रेखाचित्र, लघुकथा र बालसाहित्यका पनि अनेकन् कृतिहरू प्रकाशित छन्। उहाँका कृतिहरू अनेकन् भाषाहरूमा अनूदित भएका छन्। थुप्रै पुरस्कार र सम्मानहरूले सम्मानित प्रतिभा श्री भटनागरलाई drmahendra02@gmail.com मा सम्पर्क गर्न सकिन्छ। |