गजल

 

                    ? मोतीराम भट्ट

 

म तिम्रा अघी पर्न लायक् कहाँ छू,

त्यसैले अघी सर्न लायक् कहाँ छू ।

 

हुकुम हुन्छ तिम्रो त हाजिर छँदैछू,

बिना मर्जि आँट गर्न लायक् कहाँ छू।

 

अरूका ऊपर आँखिभौँ तानि हाने,

म जावो हरे ! मर्न लायक् कहाँ छू।

 

जहाँसम्म मन चल्छ लौ हुन्छ घुर्कुन्,

तिनै झैँ नजर् तर्न लायक कहाँ छू।

 

सहडमै छ मन् हर्न सक्नू हरीले,

सुनीस् मोति त्यो गर्न लायक् कहाँ छू।

 

ллл

शारदा मासिक(अङ्क ११) बाट साभार।