|
कसरी पूजूँ तिमीलाई हे प्रस्तर
? आलोक शङ्कर कसरी पूजूँ तिमीलाई हे प्रस्तर, केही प्राण धरामाथि बर्सियोस् कहिले सम्म पीयूस बसोस् अम्बरमा धरा बूँदका लागि तड्पियोस्
नयनमा पालिएको सुखद संसार, जीवनको कुत्सित नश्वरता यो हर्ष, प्रमाद, भावना र मानिसको लोलुप निर्भरता सबैको साहसबाट परै रहेको, तिम्रो घरको निस्पन्द द्वार जहाँसम्म पुगेनन् डुब्दा आँखाहरूका कुनै कातर पुकार कसरी गरूँ म आहूति कसको, तिम्रो करूणा केही बर्सियोस् कसरी पूजूँ तिमीलाई प्रस्तर, केही प्राण धरामाथि बर्सियोस्।
धरतीको नित्य बड्दो प्यास, निर्झर झरदा आश्वासन देवत्त्व रिझाउने यी त्याग, दुःखका यी बेमन आलिङ्गन धरतीका सबै स्वार्थ त्याज्य, अम्बरलाई छ प्यास धेरै दुःख सहेर बलि दिन्छ धरा, माथि लहराउँदो जिब्रो ठाडै कहिलेसम्म गरोस् यज्ञ धरती, जब माथिबाट कृपणता बर्सियोस् कसरी पूजूँ तिमीलाई प्रस्तर, केही प्राण धरामाथि बर्सियोस्। ллл हिन्दीबाट अनुवादः कुमुद अधिकारी |