|
डा. मीनूका क्षणिकाहरू १ इच्छाहरूको बरियाँत सजिएको छ बगैँचामा फूल महकिएको छ समयको घुर्मैले ऐनामा तिम्रो निशानी सफा देखिइरहेको छ जग हाल्दा पक्कै पनि तिमीले पसीनाले दस्तखत गरेका होलाऊ। २ सासको छ धागो सुख-दुःखको छ सियो मृत्युलाई उनिहरेको छ बस बाँचिरहेको छ मान्छे, मौन प्रश्न उत्तर कसले देओस् त्यही उत्तरको खोजीमा बस बाँचिरहेको छ मान्छे। ३ कस्तुरी मृग आँखालाई धोका उद्देश्यहीन जीवन कस्तो बेढङ्गा जिन्दगी बस एक मौका न चुकाऊ है तिमी यो मौका।
ллл हिन्दीबाट अनुवादः कुमुद अधिकारी |
| डा. मीनू दिल्ली निवासी हुनुहुन्छ। उहाँ परामर्शदात्री, प्रसूति रोग विशेषज्ञ हुनुहुन्छ। उहाँका रूचीहरूमा स्वतन्त्र लेखन र समाज सेवा प्रमुख छन्। |