केही हाइकु
--चन्द्र प्रतीक लिम्बू
१
पिएछ विष
म त सधैँ अमर
हुन्छु भन्नेले
२
फूलेर फूल
भवँरा नै नचिनी
झरेर गयो
३
ईश्वर पुजी
दुनियाँ ठग्न बस्छ
व्यापारी मान्छे
४
हाँसेर गयौ
परदेशी बटुवा
दुःख बिसाई
चन्द्र प्रतीक लिम्बू अमरदह -8 मोरङ, (हाल पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, धरान-8)