गजल

 

? जे.बी. थुलुङ

 

खोल्दिन्छु आज सारा पोल जिन्दगीको

एकै कौडी छैन यहाँ मोल जिन्दगीको

 

कति रूनु अतीतको तीतो सम्झी-सम्झी

कति पिट्नु चोकभरि ढोल जिन्दगीको

 

खेल्दा-खेल्दै कति हिउँद कति वर्ष बिते

एकै चोटी छिर्‍या छैन गोल जिन्दगीको

 

बहिराहरू सङ्गीतमा झुम्मिरहेका छन्

कोही छैन बु्झ्ने यहाँ बोल जिन्दगीको

 

मनबाटै भावनाले बसाईँ सरेपछि

सबैभन्दा कम भयो तौल जिन्दगीको

 ***

 

सुस्केरा साहित्यिक समाज बेलबारी, मोरङका अध्यक्ष श्री जे.बी. थुलुङ गजल लेखनमा विशेष दखल राख्नुहुन्छ। फोनः 9842061079