हनि

? धीरकुमार श्रेष्ठ

 

 'भु-भु-भु' अनायासै पछाडिबाट मसिनो आवाज आयो फर्केर हेरेँ सानो काँटको सेतो बेलायती कुकुरको बच्चा मेरो खुट्टानिर भुक्दै थियो कुर्कुच्चालाई निशाना बनाएर भुकिरहेको, त्यसले टोक्न सक्थ्यो चिथोर्न त्यसले मुखको सम्पूर्ण भाग खोल्दा पनि मेरो कुर्कुच्चाको सानो चोइटो मासु टोक्न सक्तैनथ्यो मेरो गोरो-चिल्लो कुर्कुच्चासँग लोभिएरभन्दा पनि मैले कुनै हानी पुर्‍याउँछु कि भनी भुकिरहेको थियो मसिनो फलामे साङ्लाले बाँधिएका कारण चाहेर पनि त्यो मेरो कुर्कुच्चासम्म पुग्न सकिरहेको थिएन

हेर्दै लोभलाग्दो मसिनो स्वरमा मर्थ भुकिरहेको त्यसको टाउको सुम्सुम्याउन खोजेँ पछाडि सरेर झन्‌झन् ठूलो स्वरले भुक्न थाल्यो मैले माया गर्न खोजेको-लाई त्यसले खतराका रूपमा लियो कहिले दाँयाबायाँ कहिले पछाडि सरेर सकेजति ठूलो स्वरमा भुक्न थाल्यो, 'भु-भु-भु '  

भुकाइले डर जन्माउनुको सट्टा रमाइलो अनुभूति दियो जानीजानी जिस्क्याउन थालेँ ताकि झन् भुकोस् मसिनो स्वरमा मच्चीमच्ची भुकेको सुन्दा रमाइलो लाग्यो त्यसले भुकेको सुनी कोठाभित्रबाट घरबेटी हाँस्तै बाहिर निस्के टाउको सुम्सुम्याएर भन्न थाले, 'आफ्नै मान्छे पनि चिनिनस् तैँले हनि '

उनले टाउको सुम्सुम्याएपछि भुक्नुको साटो पुच्छर हल्लाएर 'कुइँ-कुइँ' गर्दै खुट्टामुनि लुटपुटिन थाल्यो तर बेलाबेला मतिर फर्केर भुक्न बिर्सदैनथ्यो त्यो एकातिर आज्ञाकारिता दर्शाइरहेको थियो भने अर्कातिर सानैदेखि कर्तव्यनिर्वाह गरिरहेको थियो आत्मरक्षाका लागि भए पनि

'कस्तो राम्रो छाउरा ! कहाँबाट ल्याउनुभयो -'

'दाजुको घरबाट ल्या'को यस्की आमाले तीनोटा बच्चा जन्मा'का थिए तीमध्ये दुई'टा अरूले लगे एउटा मैले ल्याएँ भर्खर एक मैनाको भो ' घरबेटीको जवाफ थियो

लामो समय डेरा गरेर बसेका कारण उनले मेरो परिचय 'आफ्नो मान्छे' का रूपमा गराए तर जतिसुकै प्रयास गर्दा पनि त्यस दिन हनिसँग मेरो मित्रवत् सम्बन्ध स्थापित हुन सकेन

सुरुआत खराब भए पनि हनिसँगको मित्रता क्रमशः गाढा हुँदै गयो पहिलो दिनको शत्रुतापूर्ण व्यवहारमा क्रमशः परिवर्तन देखा पर्दै गयो भेटेपिच्छे टाउकामा सुम्सुम्याइदिने भएकाले मसँग लुटपटिन थाल्यो उचाइले केवल मेरो गोलीगाँठासम्म भ्याउने भएकाले त्यो प्रायशः मेरो कुर्कुच्चासँग खेल्थ्यो कहिलेकाहीँ खुट्टा यताउति सारिदिँदा उत्सुकतापूर्वक रमाउँदै यताउति सर्थ्यो लेँटी कसेर लुकाइदिएँ भने काखैमा चढेर कुर्कुच्चा खोज्थ्यो लेँटी खोलेर खुट्टा फैलाइदिएँ भने रमाउँदै बुरुक्क उफ्रे टाढा पुग्थ्यो म्पूर्ण जीउ मर्काउँदै कुर्कुच्चामा आक्रमण गर्थ्यो

हनि दिनदिनै मसँग नजिक हुँदै गयो

'हनिले तपाईँलाई अति माया गर्छ ' हाम्रो क्रीडा देख्नेहरू प्रायशः मुख खोल्थे

'मान्छेले माया मारेको थाहा पाएजस्तो यल्ले धन्न यो मान्छे भइदिएन !' मेरो उत्तरले प्रशंसकलाई अचम्भित तुल्याउँथ्यो

अप्रत्याशित उत्तरले एक छिन 'के भनूँ के नभनूँ' जस्तो गरी अन्त्यमा धूलो झार्थे, 'आजकलका पढेलेखेका मान्छेका कुरा बुझी नसक्नु बा ! के-के भन्छन् के-के !'

जेहोस्, प्रशंसकसँगको मेरो सम्बन्ध त्यस्ता बाफका कारण कहिल्यै बिग्रेन कारण थियो, बाफलाई तिनीहरू विद्वता ठान्थे तर मलाई त्यस्तो लाग्दैनथ्यो

हामी बसेको घर गहिरोमा पर्थ्यो चारैतिर अग्लो पर्खाल थियो कम्पाउन्डबाहिर निस्किन एउटा मात्र गेट थियो गेटको दायाँबायाँ अथवा तलबाट छिर्न सक्ने सानो छिद्र पनि थिएन कम्पाउन्डको भित्रबाहिर गर्न त्यही एक मात्र ढोका निर्विकल्प थियो पर्खाल नाघेर बाहिर जाने कुरो सम्भव थिएन भन्नुको अर्थ, हनिको सम्पूर्ण संसार बार आना जग्गामा वरिपरि बनेका पर्खालका कम्पाउन्डभित्र सीमित थियो

घरका मानिस ओहोरदोहोर गरेका बेला त्यो निस्कन खोज्थ्यो तर सबैजना बाहिर निस्केर हराउला भन्नेमा शतप्रतिशत सचेतता नाउँथे हेर्नमा राम्रो भएकाले जसले पनि अपहरण गर्न सक्ने सम्भावना पनि थियो अरू कुकुरसँग लागेर हेर्नै नहुने फोहोर होला भन्नेमा पनि सबै सचेत थिए सुन्दरता नै त्यसका लागि बाधक थियो त्यति हुँदा पनि कम्पाउन्डबाहिर निस्किनेको पछि लागेर ढोकासम्म पछयाउन छाड्दैनथ्यो पछयाउनुमा 'कसैले बाहिर लगिहाल्छ कि' भन्ने आशा हुँदो हो तर कसैले लग्दैनथे मसँग बाहिर जानचाहिँ त्यो विशेष जोड गर्थ्यो अफिस जाने समय भएपछि ढोकैमा गएर कुरी बस्थ्यो ढोकाबाहिर निस्कन ट्दा खुट्टामा लुट्पुटिएर निस्कन बल गर्थ्यो एक छिन घम्साघम्सी पर्थ्यो त्यो बाहिर निस्कन खोज्ने भित्र धकेल्ने

'लाँदैन' भन्ने कुरामा विश्वस्त भएपछि रिसले एकचोटि भुक्थ्यो खुरुरु दौडेर गएर बार्दलीमा उक्ली टुलुटुलु हेर्थ्यो त्यसको हेराइले मलाई लाग्थ्यो, 'तिमीजस्तै मान्छ पा'को भए सम्भवतः जिन्दगी छियाछिया हुन्थेन कि '

बेलुका अफिसबाट फर्किने समयमा बार्दलीमा बसेर मूल ढोकातिर आँखै नझिम्काई हेरिरहेको हुन्थ्यो टाढाबाट आउँदै गरेको देख्नासाथ खुरुरु दौडेर ढोकाको कापमा बसिरहेको हुन्थ्यो त्यसैले मेनगेट खोल्दा धैँ ढोकाले लाग्ला भनेर सचेतता अपनाउनुपर्थ्यो ढोका खोल्नासाथ खुट्टामा लुट्पुटिएर स्वागत गर्थ्यो जुरुक्क उचालेर अँगालोमा बोक्यो भने पुच्छर हल्लाउँदै ज्रि्रोबाहिर निकाली मुख चाट्न खोज्थ्यो टाउको सुम्सुम्याइदिएर भुइँमा राखिदिएपछि अगाडिका दुई खुट्टाले गोलीगाँठानेर टेक्दै ठाडो पर्थ्यो फेरि पनि बोक्न भनेको होला तर नबोकी अगाडि बढ्दा रमाउँदै अघिपछि कुद्दै-फ्रिँदै अगाडिअगाडि स्कर्टिङ गर्थ्यो

हनिको संसार कम्पाउन्डभित्र सीमित थियो सजातीयसँगको सर्म्पर्क शून्य थियो त्यति हुँदाहुँदै पनि धेरैको प्यारो थियो

हनि जब लक्का जवान भयो अनि बाहिर जान जिद्धी गर्न थाल्यो जान नदिनेलाई आँखा तरेर हेर्थ्यो 'ङुर्र्' गरेर रिसाएको जनाउनसमेत दिन्थ्यो चिनेकै केटाकेटीलाई समेत झम्टेर भुक्थ्यो तर्साउँथ्यो केटाकेटीहरू त्यसको छेउ पर्न छाडे बाहिर जाने प्रयत्न सफल नभएपछि त्यो एकान्तमा गुटुमुटु परेर बस्थ्यो त्यस्ता बेला कसैले बोलाए पुच्छर हल्लाएर लुट्पुटिनुको सटटा 'ङुर्र्....' गरेर रिस देखाउँथ्यो कसैले छुन खोजे टोक्न झम्टिन्थ्यो तर टोकिहाल्दैनथ्यो

सानो छँदा ज्ञानी देखिएको हनि जवान भएपछि उग्र भयो मान्छेसँग भन्दा बढी जीउमा बस्न आउने झिँगासँग रिस पोख्थ्यो क्वाप्पै टोकूँलाजस्तो गरी झम्टन्थ्यो झिँगा उडेर अन्त गई बसे त्यतै थुतुनो बटारेर टोक्न खोज्थ्यो झिँगा