|
गीत ? गणेश पौडेल
मेरो जस्तै मनमा तिम्रो माया छ कि छैन ? यो जुनीमा हाम्रो भेट हुने हो कि हैन।
भेट हुन्न तर तिम्रो माया मैंले मार्या छैन, बास तिम्रो मनबाट अन्त कतै सार्या छैन। मैं छु तिम्रो छातीभित्र छाम्या छ कि छैन ? यो जुनीमा हाम्रो भेट हुने हो कि हैन।
खेल हैन हाम्रो माया खडेरीको भेल हैन, कल्पनामा हराउने किनाराको मेल हैन। बिर्सिए नि सपनीमा देख्या छ कि छैन ? यो जुनीमा हाम्रो भेट हुने हो कि हैन।
नसम्झे नि बाडुल्की आ’को छ कि छैन ? यो जुनीमा हाम्रो भेट हुने हो कि हैन।
|
|
|
४ अगस्ट १९७४ मा नयाँबजार, इलाममा जन्मिनुभएका श्री गणेश पौडेल सूचना प्रविधि, समाचार लेखन तथा सम्पादन आदिमा गहिरो रूचि राख्नुहुन्छ। सम्पर्कः ganesh.paudel@ntc.net.np |