|
गजल ? डा. घनश्याम 'परिश्रमी'
अँध्यारोमा बस्यौ धेरै अँध्यारोमै फस्यौ धेरै
उज्यालोका भक्तलाई तिमीले नै डस्यौ धेरै
नक्कली साधुले जस्तै खरानी पो धस्यौ धेरै
सर्पको स्वभाव तिम्रो दूलोभित्र पस्यौ धेरै
सुर्किनी पो पार्नु पर्थ्यो गाँठो पार्यौ कस्यौ धेरै
म छु निकै माथि भन्थ्यौ तर तल खस्यौ धेरै। |
| समष्टि पूर्णाङ्क ५८ बाट साभार |