|
गजल ? मनु मन्जिल
भीरपाखा फूल फुल्ने जमाना गयो महक बोकी हावा डुल्ने जमाना गयो।
वसन्तले हारेर गो' शीतलहरको राज छ मौसमले रङ बदल्ने जमाना गयो।
नदीमा छाल उठ्यो आज सायद कोही डुब्यो माझीदाइले धुन सुसेल्ने जमाना गयो।
धमिलो छ पानी भित्र आकाश देखिँदैन तलाउमा तारा बटुल्ने जमाना गयो।
कागहरूको गीत सुन्ने नयाँ आदत बस्यो कोइली चुप ! तिमी बोल्ने जमाना गयो।
³³³
|
![]() |
साहित्यसञ्चार प्रतिष्ठान इटहरीका अध्यक्ष श्री मनु मन्जिल मूलतः कविता लेख्न रुचाउनुहुन्छ। कवितामा आफ्नो बेग्लै पहिचान बनाइसक्नुभएका कवि श्री मन्जिलको आँधीको आवेग नामक कविता सङ्ग्रह प्रकाशित छ। उहाँलाई प्रतिभा पुरस्कार(विराटनगर)बाट सम्मानित गरिएको छ। सम्पर्कः manumanjil@yahoo.com |